खेल


सन्दीपलाई आउट गर्दै अविनाश सर्वाधिक विकेट लिने बलरको शीर्षस्थानमा

सन्दीपलाई आउट गर्दै अविनाश सर्वाधिक विकेट लिने बलरको शीर्षस्थानमा

अविनाश बोहरा र सन्दीप लामिछाने।


नेपालखबर
मंसिर २३, २०८२ मंगलबार २०:१५, काठमाडौँ

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेलाई आउट गर्दै सुदूरपश्चिम रोयल्सका अविनाश बोहरा सर्वाधिक विकेट लिने बलरको शीर्षस्थानमा उक्लिएका छन्। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार अविनाशले दोस्रो विकेटका रुपमा सन्दीपलाई दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए। यससँगै जारी एनपीएलमा सबैभन्दा धेरै विकेट लिने बलर बनेका छन्। उनको नाममा १६ विकेट पुगेको छ। 

एनपीएलको पहिलो क्वालिफायरमा म‌ंगलबार उनले दुई विकेट लिए। पहिलो विकेटका रुपमा लोकश बमलाई आउट गरेका थिए भने दोस्रो विकेटका रुपमा सन्दीपलाई आउट गरेका हुन्। विराटनगरविरुद्धको खेलमा ३.१ ओभर बलिङ गरेका उनले २२ रन मात्रै खर्चिए। 

दोस्रो स्थानमा रहेका सन्दीपले अहिलेसम्म १५ विकेट लिएका छन्। मंगलबार सुदूरपश्चिमविरुद्धको खेलमा उनी विकेटविहीन भए। चार ओभर बलिङ गरेका उनले १६ रन मात्रै दिए। 

त्यस्तै, सर्वाधिक विकेट लिने बलरको तेस्रो स्थानमा तीन खेलाडी छन्। काठमाडौँ गोर्खाजका शाहब आलम, सुदूरपश्चिमका हरमित सिंह र काठमाडौँकै करण केसी छन्। तीनै जनाको नाममा समान १२ विकेट छ। 

अहिलेसम्म सात खेल खेलेका शाहबले १२.६६ को औषतले विकेट लिएका छन्। त्यस्तै, आठ खेल खेलेका हरमितले १५.७५ को औषतले विकेट लिएका छन् भने करणले सात खेलमा १६.५० को औषतले विकेट लिएका हुन्। 

सर्वाधिक विकेट लिने पाँचै खेलाडी रहेको टोलीले अझै एक-एक खेल्न बाँकी छ। जसले गर्दा विकेट लिनेको सूचीमा फेरबदल हुनसक्छ। 

सुदूरपश्चिम फाइनलमा पुगेकाले अविनाश र हरमितले एक खेल खेल्न पाउनेछन्। आजको खेल हारे पनि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने भएकाले सन्दीपले पनि विकेट थप्न सक्छन्। विराटनगरले दोस्रो क्वालिफायरमा जित हासिल गरेमा सन्दीपले दुई खेल खेल्न पाउनेछन्। 

त्यस्तै, ईलिमिनेटरमा पुगेको काठमाडौँले पनि एक खेल खेल्न बाँकी छ। बुधबार काठमाडौँ र लुम्बिनीबीच हुने खेलमा शाहब र करणको विकेट थपिन सक्छ।

यो पनि पढ्नुहोस् : विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad