सुदूरपश्चिम रोयल्सका प्रारम्भिक ब्याटर विनोद भण्डारीले दोस्रो अर्धशतक प्रहार गरेका छन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा मंगलबार विराटनगर किंग्सविरुद्ध उनले ४४ बलमा अर्धशतक प्रहार गरेका हुन्। उनले तीन चौका र एक छक्का प्रहार गरे।
यसअघि उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा अर्धशतक बनाएका थिए। उनी ४९ बलमा ६९ रन बनाएर नटआउट रहेका थिए।
एनपीएलमा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा उनी दोस्रो नम्बरमा छन्। अर्धशतकसँगै उनको दुई सय ५१ रन भएको छ।
सबैभन्दा बढी पोखरा एभेन्जर्सका एडम रोसिङटनले तीन सय २३ रन बनाएका छन्।
144
Shares

प्रतिक्रिया