खेल


सन्दीपको उत्कृष्ट बलिङमा विराटनगरले जितका लागि पायो १४८ रनको लक्ष्य

सन्दीपको उत्कृष्ट बलिङमा विराटनगरले जितका लागि पायो १४८ रनको लक्ष्य

नेपालखबर
मंसिर २०, २०८२ शनिबार १२:५०, काठमाडौँ

जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा विराटनगर किंग्सले जितका लागि सुदूरपश्चिम रोयल्सबाट १ सय ४८ रनको लक्ष्य पाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रनको योगफल तयार पारेको हो। 

सुदूरपश्चिमका लागि आशिफ शेखले सर्वाधिक ४५ रनमा नटआउट रहे। उनले ३२ बलमा १ चौका र ३ छक्का प्रहार गरे। 

इसान पाण्डेले ३८ रन थपे। ३५ बलमा २ चौका र २ छक्का सहयोगमा ३८ रन बनाउँदा सन्दीप लामिछानेको बलमा मर्चेन्ट डि लाङगेको बलमा क्याच आउट हुन पुगे।

२५ बलमा १ चौका २ छक्का सहयोगमा २४ रन बनाएका जस ब्राउन सन्दीपकै बलमा क्याच आउट भए। 

ओपनर विनोद भण्डारी १५ रन बनाउँदा बसिर अहमदको बलमा बोल्ड आउट भए। हरमित सिहं गोल्डेन डकआउट भए। दीपक बोहोरा ३ रन बनाउँदा प्रतिश जिसीको बलमा बोल्ड आउट भए। 

विराटनगरका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा २० रन खर्चे। प्रतिश जिसीले २ विकेट झारे।

बसिर अहमदले १ विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad