राजनीति


नेपाली कम्युनिस्ट पार्टीले जारी गरेको अपानिमा के छ?

नेपाली कम्युनिस्ट पार्टीले जारी गरेको अपानिमा के छ?

नेपालखबर
मंसिर २०, २०८२ शनिबार १३:२०, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीले अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेको छ।

अपानिमा फागुन २१ को निर्वाचनको तयारीमा लाग्न, जेनजीको भावना समेट्न सबै नेताकार्यकर्तालाई निर्देशन दिइएको छ।

अपानिमा भनिएको छ, ‘प्रतिनिधि सभामा निर्वाचन फागुन २१ मा निर्धारण गरिएको छ, यसमा जेनजी पुस्ताको भावना समेटेर अगाडि जानुको विकल्प छैन, तत्काल आफ्नो कार्यक्षेत्रमा खटिएर निर्वाचनको तयारीमा जुट्न निर्देशन गरिएको छ।’ 

नेकपाले अपानिमा पार्टी गठनको पृष्ठभूमिमा जेनजी आन्दोलनपछिको अवस्था, कम्युनिस्ट पार्टीहरू एक नहुँदा प्राप्त उपलब्धि रक्षा नहुने अवस्था र बढ्दै गइरहेको निराशा चिर्न पार्टी एकता गरिएको उल्लेख गर्दै त्यहीअनुसार नेता-कार्यकर्तालाई जिम्मेवारी वहन गर्न निर्दशेन दिएको छ। 

अपानिमा नेकपाले पार्टी एकताका प्रक्रियाका क्रममा गरिएका सहमति र यसमा सामेल दलहरूका विषयमा उल्लेख गरेको छ। 

अपानिको पूर्ण पाठ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad