घरेलु टोली एपीएफले साफ क्लब महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा बंगलादेशको नासिर स्पोर्टस् एकेडेमीविरुद्ध पहिलो हाफमा अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ सकिदा एपीएफले बंगालदेशको नासिरविरुद्ध १–० को अग्रता बनाएको छ।
रश्मि कुमारी घिसिङले खेलको ३८ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिईन्। उनले मिना देउवाको पासमा पहिलो बार च्याप्दै गोल गरेकी थिइन्।
72
Shares

प्रतिक्रिया