खेल


‘गर या मर’को खेलमा चुकेन लुम्बिनी, जनकपुरसँगै बाहिरिए चितवन र पोखरा

‘गर या मर’को खेलमा चुकेन लुम्बिनी, जनकपुरसँगै बाहिरिए चितवन र पोखरा

हारसँगै जनकपुर नेपाल प्रिमियर लिगबाट बाहिरिएको छ (सरोज नेपाल)


नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार १९:२३, काठमाडौँ

अन्ततः ‘गर या मर’को खेलमा जनकपुरविरुद्ध महत्त्वपूर्ण जित निकाल्दै रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले जारी नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा आफूलाई सुरक्षित राखेको छ। 

लुम्बिनीले जनकपुरविरुद्ध ४ विकेटको जित हात पारेको हो। हारसँगै जनकपुर नेपाल प्रिमियर लिगबाट बाहिरिएको छ। यसअघि कर्णाली याक्स बाहिरिसकेको छ भने पोखरा एभेन्जर्स र चितवन राइनोजको पनि सम्भावना सकिएको छ।

शुक्रबार त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले दिएको १३३ रनको लक्ष्य लुम्बिनीले २०औँ ओभरको पहिलो बलमा पूरा गरेको हो। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १३२ रनको योगफल तयार पारेको थियो। 

जनकपुरविरुद्ध १३३ रन पछ्याउने क्रममा लुम्बिनीका सुमित महर्जन गोल्डेन डकआउट हुनपुगे। त्यसपछि आएका डार्सी शर्टले ३० रन जोडे। उनले २४ बलमा दुई छक्का र एक चौका प्रहार गरे। उनलाई कुरेले एलबीडब्लु धरापमा पारे। निरोशन डिकवेलालाई सञ्जय कृष्णमूर्तिले एलबीडब्लु धरापमा पारे। उनले २० बलमा १७ रन जोडे।

त्यसैगरी कप्तान रोहित पौडेलले ३२ बलमा ३४ रन हान्दा आशा गरिएका ब्याट्सम्यान सन्दिप जोराले पहिलो बल नै थेग्न सकेनन्। लुम्बिनीका लागि जेजे स्मितले २१ रनको योगदान गरे। रुबेन ट्रम्पलम्यान र दिलिप नाथले क्रमशः ६ र १५ रन बनाए।

बलिङतर्फ संगीत कुरेले ३, मायान यादव २, सञ्जय कृष्णमूर्तिले १ विकेट लिँदा अनिल साह, माज सदाकत, सचिन भट र आदित्य महत भने विकेटविहीन भए। जनकपुरले ११ अतिरिक्त रन दिएको थियो। 

जनकपुरको कमजोर इनिङ
जनकपुरले सुरुवात नै राम्रो गर्न सकेन। लगातार विकेट गुमाउने क्रममा १३२ रनको योगफल बनायो। जनकपुरका लागि ओपनर माज सदाकतले ५ बलमा ६ रन बनाए। उनले एउटा छक्का मात्रै हाने। 

अर्का ओपनर आसिफ शेख पनि १७ बलमा २० रन बनाएर आउट भए। त्यसैगरी ट्म्पलम्यानको एलबीडब्लु धरापमा परेका अनिल साह पनि टिक्न सकेनन्। उनले ७ रन बटुल्दा नट आउट रहेका संगीथ कुरेले भने सर्वाधिक ४५ रन बनाए। उनले ३८ बल खेले। 

यीबाहेक शुभ कंसाकार ११, सञ्जय कृष्णमूर्ति १४, जन निकोल लफ्टी इटन शून्यमा आउट भए भने मयान यादवले २७ रन जोडे। लुम्बिनीले जनकपुरलाई दुई रन मात्र अतिरिक्त दिएको थियो। 

बलिङतर्फ लुम्बिनीका जेजे स्मितले १, रुबेन ट्रम्पलम्यानले १, शेर मल्लले २ र रोहित पौडेलले दुई विकेट लिए। अभिशेष गौतम र तिलक भण्डारीले भने विकेट लिन सकेनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad