न्यूजिल्यान्डका ब्याटर जिम्मी निशम फर्केपछि पोखरा एभेन्जर्सले इङ्ल्यान्डका जेसन रोयलाई ल्याएको छ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)का लागि रोय आइतबार नेपाल आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पोखराको व्यवस्थापन टोलीले स्वागत गरेको छ।
३५ वर्षीय रोयले इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट टेस्ट, एकदिवसीय र टी–२० क्रिकेट खेलेका छन्। यसअघि उनले ईन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकत्ता नाइट राइडर्सको टोलीबाट खेलेका थिए।

प्रतिक्रिया