खेल


चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य

चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १७:३५, काठमाडौँ

रवि बोपाराको अर्धशतकको सहयोगमा चितवन राइनोजले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्ससामु एक सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार पहिले ब्याटिङ गरेको चितवनले सात विकेटको क्षतिमा एक सय ४२ रन बनाएको हो। चितवनका लागि रवि बोपाराले ५५ बलमा चार चौका र तीन छक्काको सहयोगमा ६६ रन बनाए।

उनले ४५ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए। रविले दुई खेलमा लगातार अर्धशतक बनाएका हुन्। 

त्यस्तै, १८ बलमा एक छक्काको सहयोगमा २१ रन बनाएका कप्तान कुशल मल्ल रुबेन ट्रम्पलमेनको बलमा सन्दीप जोराको हातबाट क्याच आउट हुन पुगे। सैफ जैब सात बलमा दुई चौका र एक छक्काको सहयोगमा १५ रन बनाउँदा रुबेनको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए। 

चितवनका देव खनाल १४ रन बनाउँदा अविशेष गौतमको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए। ओपनर दिपक बोहरा १० रन बनाउँदा अविशेष गौतमको बलमा आउट भए।

अर्का ओपनर डेबिड मलान रुबेन ट्रम्पलमेनकै बलमा बोल्ड आउट भए। अर्जुन साउँद आठ रनमा नटआउट रहे। सोहेल तनविर पाँच रनमा क्याच आउट भए।

लुम्बिनीका लागि रुबेनले तीन, अविशेष र गुल्बदिन नैबले दुई–दुई विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad