पोखरामा हुने टाइगर कप भलिबल प्रतियोगिताको छैटौँ संस्करण आगामी माघ दोस्रो साता हुने भएको छ।
आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले आज शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै टाइगर कप भलिबल माघ ९ देखि १९ गतेसम्म हुने जानकारी दिएको हो।
प्रतियोगिताको उपाधि विजेताले ६ लाख ६६ हजार ६ सय रुपैयाँ तथा उपविजेताले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्ने टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिए।
प्रतियोगिताको उत्कृष्ट सेटर, सर्भर, ब्लकर, लिबेरो, स्पाइकर र प्रशिक्षकले समान ११ हजार ६ सय ६६ रुपैयाँ हात पार्नेछन्।
प्रतियोगिताका लागि कान्तिपुर मिडिया ग्रुप र सुश्री मिडिया प्रालिसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
प्र्रतियोगिता पोखरा रंगशाला भित्रको भलिबल कोर्टमा हुनेछ।
Shares

प्रतिक्रिया