खेल


एनपीएलको तयारी पूरा, खेल अवधिभर कुनै पनि आन्दोलन नगर्न क्यानको आग्रह

एनपीएलको तयारी पूरा, खेल अवधिभर कुनै पनि आन्दोलन नगर्न क्यानको आग्रह

नेपालखबर
कात्तिक २९, २०८२ शनिबार १५:१, काठमाडौँ

सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार पत्रकार सम्मेलन गर्दै दोस्रो सिजनको एनपीएलको तयारी पूरा भएको जानकारी दिएको हो। 

क्यानका सचिव पारस खड्काले पहिलाको सिजनभन्दा यो पटक एनपीएल अझ रोमाञ्चक हुने बताए। एनपीएललाई सफलतापुर्वक सम्पन्न गर्न क्यान एकजुट रहेको उनको भनाइ छ।

सचिव खड्काले भने, ‘हामीसबै फरक पृष्ठभूमिबाट आए पनि एनपीएललाई सफलतापुर्वक सम्पन्न गर्नका लागि सबै एक छौँ, पहिलाको भन्दा यो पटक एनपीएल फरक हुनेछ। यो पटक फ्लड लाइटमा खेल्न नयाँ प्यारापिटमा बनेको छ। नेपाली क्रिकेट उद्योग बन्न सक्ने अवस्थामा पुगेको छ तर अझै धेरै गर्न बाँकी छ।’ 

उनले दर्शकको सुरक्षालाई पनि ध्यान दिएर त्यही अनुसारको व्यवस्थापन गरेको जानकारी दिए। ‘एनपीएलका लागि दर्शकको सुरक्षालाई ध्यानमा राखेका छौँ,’ खड्काले भने, ‘हामीले पाँचवटा गेट खुला गर्नेछौँ। टिकट भएका दर्शकमात्र मैदानसम्म आइदिनु होला, टिकट नहुनेहरु घरमा नै बसेर टेलिभिजन वा ओटीटी प्लेफर्मबाट हेरिदिनु होला।’ 

यस्तै उनले करिब एक महिना चल्ने एनपीएलको समयमा कुनै पनि आन्दोलनका कार्यक्रम उपत्यकामा नगरिदिन र काठमाडौँ बाहिर गरिदिन समेत आग्रह गरे।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले एनपीएलको तयारी पूरा भएको बताए। पहिलो संस्करणको तुलनामा दोस्रो सिजनलाई अझ राम्रो बनाउने प्रयास गरिएको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad