एसिया कपको पहिलो खेलमा आज ओमन र पाकिस्तान प्रतिस्पर्धा गर्दै छन्।
कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार सवा १२ बजे ओमन र पाकिस्तानको खेल हुँदै छ। इरफान खानको नेतृत्वमा पाकिस्तानी टोली र हमाद मिर्जाको नेतृत्वमा ओमनको टोली मैदानमा उत्रिनेछन्।
एसिया कपका लागि आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा अफगानिस्तान, बाङ्लादेश, हङकङ र श्रीलंका छन् भने समूह ‘बी’मा भारत, ओमन, पाकिस्तान र यूएई छन्। यस पटक भारत, पाकिस्तान, बाङ्लादेश, श्रीलंका र अफगानिस्तानले ‘ए’ टोली पठाएका छन् भने हङकङ, ओमन र यूएईको राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्नेछन्।
नेपालमा भने एसिया कपमा छनोट हुन सकेको थिएन। नेपालले पछिल्लो पटक सन् २०२३ मा एसिया कप खेलेको थियो।
15
Shares

प्रतिक्रिया