समाज


हिरासतबाट भागेका दुई थुनुवा घरबाटै पक्राउ

हिरासतबाट भागेका दुई थुनुवा घरबाटै पक्राउ

फाइल तस्बिर


नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार ७:४९, झापा

जेनजी आन्दोलनको क्रममा प्रहरी हिरासतबाट फरार भएका दुईजना थुनुवालाई झापा प्रहरीले पक्राउ गरेको छ। 

लागु औषध कसुरमा पक्राउ परेका बिर्तामोड नपा-८ देउनिया निवासी ३३ वर्षीय सरोज पौडेल र २५ वर्षीय पंकजराज मैनाली भदौ २४ गते जेनजी आन्दोलनको क्रममा फरार भएका थिए। 

उनीहरूलाई आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउपछि उनीहरूलाई अस्थायी प्रहरी चौकी गरामनीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad