खेल


सलमानको शतकमा पाकिस्तानको रोमाञ्चक जित

सलमानको शतकमा पाकिस्तानको रोमाञ्चक जित

नेपालखबर
कात्तिक २६, २०८२ बुधबार ६:५२, काठमाडौँ

सलमान अघाको शतकमा पाकिस्तानले श्रीलंकालाई अन्तिम ओभरमा पराजित गरेको छ।

रावलपिण्डीमा गएराति भएको खेलमा श्रीलंकालाई अन्तिम ओभरमा २१ रन आवश्यक थियो। पाकिस्तानका हुसैन तलतको अन्तिम ओभरको पहिलो बलमा श्रीलंकाका महीश थिक्शनाले रन लिन सकेनन्।

दोस्रो बलमा दुई रन लिए। त्यसपछि तलतले दुई बल लगातार वाइड फाले। त्यसपछिका दुई बलमा थिक्सनाले लगातार दुई चौका प्रहार गरे। 

अन्तिम दुई बलमा श्रीलंकालाई नौ रन आवश्यक थियो। पाँचौ बलमा रन लिन सकेनन् भने अन्तिम बलमा दुई रन मात्रै लिए। यससँगै पाकिस्तानले ६ रनले पहिलो एकदिवसीय खेल जितेको हो। 

पाकिस्तानले दिएको तीन सय रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले नौ विकेटको क्षतिमा २९३ रन बनायो। श्रीलंकाका लागि वानिन्डु हसरंगाले अर्धशतक प्रहार गरे। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। 

त्यस्तै, पाकिस्तानका लागि हरिस रौफले उत्कृष्ट बलिङ गरे। उनले चार विकेट लिए भने निशम शाह र फहिम अस्रफले दुई–दुई विकेट लिए। 

यसअघि पाकिस्तानका लागि सलमान अघाले शतक प्रहार गरे। उनले ८७ बलमा नौ चौकाको मद्दतले १०५ रन बनाए। यसैगरी हुसैन तलतले ६२ रन बनाए। 

श्रीलंकाका लागि वानिन्डु हसरंगाले तीन, असिथा फेर्नान्डो र महिसा थिक्सनाले एक–एक विकेट लिए। 

एकदिवसीय शृंखलाको दोस्रो खेल बिहीबार रावलपिण्डीमै हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad