खेल


रावलपिण्डीमा भिड्दै पाकिस्तान र श्रीलंका

रावलपिण्डीमा भिड्दै पाकिस्तान र श्रीलंका

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार ७:४, काठमाडौँ

पाकिस्तानको भ्रमणमा रहेको श्रीलंकाले एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिले खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै छ।

तीन खेलको एकदिवसीय शृंखलाको पहिलो खेल आज अपराह्न सवा ३ बजे रावलपिण्डी हुन लागेको छ। घरेलु टोली साहिन शाह अफ्रिदीको नेतृत्वमा मैदानमा उत्रिनेछ। पाकिस्तानी टोलीका ब्याटरद्वय सलमान आघा र मोहम्मद रिजवान तथा बलरद्वय अब्रार अहमद र नसीम शाहलाई प्रभावशाली खेलाडीका रुपमा हेरिएको छ। 

त्यस्तै, आगन्तुक टोली चरिथ असलंकाको नेतृत्वमा खेल्नेछ। श्रीलंकाली टोलीका ब्याटरद्वय चरिथ असलंका र कुशल मेन्डिस तथा बलरद्वय असिथा फेर्नान्डो र वानिन्डु हसरंगालाई प्रभाव पार्ने खेलाडीका रुपमा हेरिएको छ। उनीहरूले पछिल्ला खेलमा राम्रो प्रदर्शन गरेका छन्। 

पछिल्लो समय पाकिस्तानले विदेशी टोलीलाई आमन्त्रण गरिरहेको छ। यसअघि दक्षिण अफ्रिकाले पाकिस्तानको भ्रमण गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad