खेल


जनकपुर बोल्ट्सको ‘गुडविल एम्बासडर’ मा निखिल

जनकपुर बोल्ट्सको ‘गुडविल एम्बासडर’ मा निखिल

नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार १५:३६, काठमाडौँ

जनकपुर बोल्ट्सले नेपाली चलचित्रका सुपर स्टार एक्सन हिरो निखिल उप्रेतीलाई नेपाल प्रिमियर लिग २ का लागि आफ्नो ‘गुडविल एम्बासडर’ बनाएको छ।

यो साझेदारीले खेल, कला र प्रेरणाको शक्तिलाई एकै ठाउँमा जोड्दै जनकपुर बोल्ट्सको ब्रान्ड र पहिचानलाई अझ सशक्त बनाउने विश्वास टोलीले व्यक्त गरेको छ। 

चन्द्रागिरीबाट प्याराग्लाइडिङ स्टन्ट गराउँदै जनकपुर बोल्ट्सले निखिललाई ‘गुडविल एम्बासडर’ बनाएको घोषणा गरेको थियो। उनको यो प्रदर्शनले टोलीको नारा ‘बिल्ट फर भिक्ट्री’ लाई नयाँ उचाइमा पुर्‍याएको जनकपुरले जनाएको छ।

‘गुडविल एम्बासडर’ भएपछि उत्साहित उप्रेतीले भने, ‘जनकपुर बोल्ट्स केवल एउटा टोली होइन, यो जनकपुर र सम्पूर्ण मधेशको गौरव हो। यस टोलीसँग जोडिन पाउनु मेरो लागि सम्मानको विषय हो। विजयको आत्मा हरेक नेपालीमा बसोबास गर्छ। र, म त्यो आत्मालाई जनकपुर बोल्ट्ससँग मिलेर जगाउन चाहन्छु।’

जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडाले भने, ‘निखिल उप्रेती नेपाली युवाहरूका लागि साहस र दृढताको प्रतीक हुन्। उनको देशप्रेम, अनुशासन र सकारात्मक ऊर्जा हाम्रो टोलीको मूल्य र दर्शनसँग मेल खान्छ। हामी उहाँलाई हाम्रो गुडविल एम्बासडर रूपमा स्वागत गर्न गर्व महसुस गर्छौं।’

यो साझेदारीले जनकपुर बोल्ट्सलाई केवल खेल मैदानमा होइन, समाजमा प्रेरणाको स्रोतका रूपमा पनि अघि बढाउने अपेक्षा गरिएको छ। ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले एनपीएलका लागि तिब्र बनाइरहेको छ।

वेस्ट इन्डिजका महान शिवनारायण चन्द्रपालको प्रशिक्षणमा उत्रिने जनकपुरले विदेशी खेलाडीमा वायने पार्नेल, श्रीलंकाका अमेरिकन क्रिकेटर लाहिरु मिलान्थालाई टोलीमा राखिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad