आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
यूएईको दुबइस्थित आईसीसी एकेडेमीमा यूएईले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।
जारी सिरिजमा लगातार तीन खेल हारेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज पहिलो जितको खोजीमा मैदान उत्रिँदै छ।
पहिलो खेलमा यूएईसँग पराजित नेपाल आज त्यसको बदला लिँदै महत्त्वपूर्ण २ अंक जोड्न चाहन्छ।
अमेरिकासँग नेपाल पहिलो खेलमा १ सय ६ रन र दोस्रो खेलमा ४ विकेटले हारेको थियो भने यूएईसँग ५ विकेटले पराजित भएको थियो।
यूएई भने नेपालविरुद्ध लगातार दोस्रो जित हासिल गर्ने दाउमा छ। अमेरिकासँगका दुई खेलमा हार भोगेको यूएई आज नेपाललाई दोस्रोपटक हराउँदै २ अंक थप्ने रणनीतिमा हुनेछ।
अमेरिकासँग यूएई पहिलो खेलमा ४ विकेट र दोस्रो खेलमा २ सय ४३ रनले हारेको थियो।
Shares

प्रतिक्रिया