नेकपा एकीकृत समाजवादीका नेता किसानले श्रेष्ठले आफूहरू एमालेमा फर्किने घोषणा गर्दै नेकपा माओवादी केन्द्रसँग एकता गर्न लागेका आफ्ना अध्यक्ष माधव नेपाललाई शुभकामना दिएका छन्।
एकीकृत समाजवादीबाट एमाले फर्किने तयारीमा रहेका नेता–कार्यकर्ताहरूको समूहले आज बबरमहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले महासचिव घनश्याम भुसाल नयाँ पार्टी गठनको तयारीमा रहेको भन्दै उनलाई पनि शुभकामना दिए।
आफूहरू घर फर्किन लागेको जानकारी दिँदै उनले भने, ‘म अहिले धेरै भन्न चाहन्नँ। कसेलाई गाली गर्न पनि चाहन्नँ। हाम्रा अध्यक्ष माधव नेपाल माओवादी केन्द्रसँग एकता गर्दै हुनुहुन्छ, शुभकामना छ। हाम्रा पार्टीका महासचिव (घनश्याम भुसाल) ले नयाँ पार्टी घोषण गर्दै हुनुनहुन्छ, उहाँलाई पनि शुभकामना छ।’
आज बिहान पत्रकार सम्मेलन गरी श्रेष्ठसहित एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले एमालेमा फर्किने घोषणा गरेका हुन्।
‘घर फर्किन एमालेसँग वार्ता संवादमै छौँ। देशकाभरका नेता–कार्यकर्ता साथीहरूलई पनि हामी आह्वान गर्छौँ’, पत्रकार सम्मेलनमा श्रेष्ठले भने, ‘यो पनि भ्रम नहोस् कि हामी कुनै पदका लागि एमालेमा फर्कन लागेका होइनौँ। हामी निःसर्त घर फर्किन लागेका हौँ। हामीलाई सम्मानपूर्वक हाँसेर बालिदिए पुग्छ भन्ने मनशायले हामी उहाँहरू (एमाले) सँग वार्ता-संवाद गर्दै छौँ।’
उनले थपे, ‘जानेनर, नजानेर चार वरषअघि एमालेबाट विद्रोह गर्यौँ, सबै कुरा बिर्सेर बिनासर्त आफ्नो घरमा फर्किन चाहन्छौँ।’
Shares

प्रतिक्रिया