साइतेजा मुक्कमल्ल र मिलिन्द कुमारको कीर्तिमानी साझेदारीमा अमेरिकाले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा यूएईविरुद्द २ सय ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा यूएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ३ विकेटको क्षतिमा २ सय ९२ रनको योगफल तयार पारेको हो।
सातौँ ओभरमा २८-३ को अवस्थामा रहेको अमेरिकाका लागि चौथो विकेटका लागि साइतेजा र मिलिन्दले २ सय ६४ रनको कीर्तिमानी साझेदारी गरे।
१ सय ४९ बलमा साइतेजाले १० चौका र ३ छक्का सहयोगमा १ सय ३७ रनको उत्कृष्ट पारी खेले। मिलिन्दले १ सय २५ बलमा ११ चौका र १ छक्का सहयोगमा १ सय २३ रनमा अविजित रहे।
त्यसअघि कप्तान मोनांक पटेल १५ रनमा क्याच आउट भए। ओपनर स्मिथ पटेल ५ र सयान जहाजिर २ रनमा क्याच आउट भए।
Shares

प्रतिक्रिया