नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन्जीका नवयुवाले अघि सारेको माग उचित भएको बताएका छन्। प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा पोखरेलले यस्तो बताएका हुन्।
जेन्जीका नवयुवाको माग अनुचित नभएको र सो माग त्यो सरकारले पनि पूरा गर्न सक्ने रहेको पत्रकार सम्मेलनमा बताए। 'उनीहरूले राखेका माग सरकारसमक्ष प्रस्तुत नै भएन,’उनले भने,‘कसले आन्दोलनको नेतृत्व गरेको भन्ने पूर्ववर्ती सरकारलाई जानकारी नै भएन।’
पोखरेलले २३ र २४ भदौमा भएको आन्दोलनमा मोबाइलको लत बसेका युवाहरूलाई गलत तत्वले प्रयोग गरेको समेत दाबी गरे।
उनले भने, 'बरु भात छाड्न सक्ने, परिवार छाड्न सक्ने तर मोबाइल छाड्न नसक्ने युवालाई गलत तत्वले प्रयोग गरे,' उनले भने, ‘सूचना प्रविधिप्रतिको आशक्ति, लत कस्तो तहमा पुगेको छ भन्ने कुरालाई गलत तत्वले प्रयोग गरेको थियो भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गरेको छ।’
साथै, उनले पूर्ववर्ती सरकारले कनै पनि चासो देखाएन भन्ने जबरजस्त भाष्य स्थापना गर्न खोजेको भन्ने कुरा समेत बताए।
Shares

प्रतिक्रिया