खेल


विश्वकप लिग- २: यूएईविरुद्ध नेपालको खराब सुरुवात

विश्वकप लिग- २: यूएईविरुद्ध नेपालको खराब सुरुवात

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार १२:१३, काठमाडौँ

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले खराब सुरुवात गरेको छ। 

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले १० ओभरको खेल सकिँदा २ विकेट गुमाएर मात्रै ३३ रन बनाएको छ। नेपालका ओपनर कुशल भुर्तेल र भीम सार्की आउट भइसकेका छन्। भुर्तेल १२ बलमा ७ रन जोडेर आउट भए। एक चौका प्रहार गरेका भुर्तेल हैदर अलीको पाँचौँ ओभरको पहिलो बलमा बोल्ड भए। 

त्यसपछि आएका भीमलाई मोहम्मद रोहिदले एल्बीडब्ल्यु धरापमा पारे। १३ बलको सामना गरेका भीमले मात्रै ३ रन जोडे। आसिफ सेख १८ रन र रोहित पौडेल २ रन जोड्दै क्रिजमा छन्। 

दुवईमा जारी तीनदेश सम्मिलित सिरिज अन्तरगत यसअघि पहिलो खेलमा दुवै टोली अमेरिकासँग पराजित भएका छन्। 
यी दुई टोली लिग २ को तालिकामा अन्तिममा छन्। १७ खेलबाट ६ अंक जोडेको यूएई अन्तिममा रहँदा समान खेलबाट १२ अंक जोडेको नेपाल एकस्थान माथि छ। 

अब नेपालले शनिबार अमेरिकासँग र अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad