हलमा प्रदर्शनरत फिल्म ‘वरिष्ठ बलराम’ को नयाँ गीत ‘मायाले रुवायो’ सार्वजनिक भएको छ। कात्तिक ६ गते तिहारको भाइटीकाका दिनबाट प्रदर्शनमा आएको फिल्ममा समावेश गीत सार्वजनिक गरिएको हो।
हलमा दर्शकले राम्रो साथ दिइरहेका बेला चलचित्रको स्याड भर्सनको गीत सार्वजनिक भएको हो। गीतमा अस्मिता अधिकारी, प्रशान्त शिवाकोटी र टीकाराम श्रेष्ठको स्वर सुन्न सकिन्छ। शब्द तथा संगीत प्रशान्त शिवाकोटीको छ।
भिडिओमा सिनेमाका मुख्य कलाकार विजय बराल र समृद्धि अर्यालको अभिनय छ। यसै फिल्मको अर्को गीत ‘न्यौली बनैमा’ दर्शकले रुचाउँदा एक करोडभन्दा धेरै भ्युज पाइसकेको छ।
‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ। पाँच दिनमा ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।
चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडीले लेखेका हुन्। निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी. घिमिरे छन्।
Shares

प्रतिक्रिया