खेल


नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसको राजीनामा

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसको राजीनामा

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार ११:५१, काठमाडौँ

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। 

गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रसबीच एक वर्षका लागि सम्झौता भएको थियो। रसले करिब ८ महिनामै राजीनामा दिएको एन्फाका महासचिव किरण राईको जानकारी दिए। के कारणले राजीनामा दिनुभयो भन्ने विषयमा पछि जानकारी गराउने उनले बताए। 

८ महिनमा रसको प्रशिक्षकमा नेपाली फुटबल टोलीले सात अन्तरराष्ट्रिय खेल खेलेको थियो। जसमा नेपालले एक खेलमा जित हासिल गर्दा २ खेल बराबरी तथा चार खेलमा पराजित भएको थियो।

रसको प्रशिक्षणमा खेलेको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई हराएको थियो।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad