हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कपिल कुमार दाहाललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।
कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले दाहाललाई सीईओ नियुक्त गरेको हो।
उनी कम्पनीमा नायब प्रमुख कार्यकारीको भूमिकामा थिए। दाहालको कार्यकाल बिहीबारदेखि नै लागू भएको छ।
प्रतिक्रिया