ग्लोबल


चीनमा एकै परिवारका ११ जनालाई मृत्युदण्डको सजाय

चीनमा एकै परिवारका ११ जनालाई मृत्युदण्डको सजाय

नेपालखबर
असोज १३, २०८२ सोमबार २०:३४, काठमाडौँ

म्यानमारमा ठगी केन्द्र सञ्चालन गरेको कसुरमा चिनियाँ अदालतले एक माफिया परिवारका ११ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार परिवारका दर्जनौँ सदस्य आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको छ। परिवारका अन्य धेरै सदस्यलाई पनि लामो जेल सजाय सुनाइएको छ।

यो चिनियाँ माफिया परिवार म्यानमारको सानो सहर लौक्काई चलाउने चार जनजातिमध्ये एकका लागि काम गर्थ्यो। म्यानमार-चीन सीमानजिकै अवस्थित यो सहर जुवा, लागुपदार्थ र असंख्य स्क्याम सेन्टरको केन्द्र बन्यो।

२०२३ मा म्यानमारले यो परिवारविरुद्ध कारबाही गर्दै धेरै सदस्यलाई पक्राउ गरी चिनियाँ अधिकारीलाई सुम्पियो। 

चीनको सरकारी प्रसारक सीसीटीभीका अनुसार, उत्तरी सहर वेन्झाउको एक अदालतले सोमबार माफिया परिवारका ३९ सदस्यविरुद्ध सजाय सुनाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad