खेल


मेलबर्न रेनेगड्सविरुद्ध टस जितेर नेपाल पहिले ब्याटिङमा, कप्तान राेहितसहित सन्दीप र आशिफ बेन्चमा

मेलबर्न रेनेगड्सविरुद्ध टस जितेर नेपाल पहिले ब्याटिङमा, कप्तान राेहितसहित सन्दीप र आशिफ बेन्चमा

नेपालखबर
भदौ ४, २०८२ बुधबार ११:७, काठमाडौँ

अस्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा नेपालले मेलबर्न रेनेगड्स एकाडेमीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

डार्बिनमा आज बिहान टस जितेर नेपाली टोलीले पहिले ब्याटिङ रोजेको हो। 

यसैबीच नेपाली टोलीका कप्तान राेहित पौडेलसहित सन्दीप लामिछाने र आशिफ शेखलाई बेन्चमा राखिएकाे छ। 

करण केसी पनि यस अघिदेखि नै टोली बाहिर छन्।

नेपाली टोली दीपेन्द्रसिंह ऐरीकाे कप्तानीमा मैदान उत्रिएको हो।

आजको प्लेइङ ११ मा दीपेन्द्रसिंह ऐरी (कप्तान), लोकेश बम (विकेट किपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, गुल्शन झा, रुपेशकुमार सिंह, सोमपाल कामी, नन्दन यादव र साहब आलम छन्। 

आफ्नो चौथो खेलमा मंगलबार होबार्ट हरिकेन्सलाई हराएर पहिलो जितको स्वाद चाखेको नेपाल आज पाँचौँ खेलमा मेलबर्न रेनेगड्ससँग प्रतिस्पर्धा गर्दै छ। 

नेपालले यसअघि खेलेका चार खेलमध्ये सुरुका ३ वटामा लगातार हार भोगेको थियो।

मंगलबार भएको चौथो खेलमा भने नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराउँदै पहिलो जित दर्ता गरेको हो। 

नेपाल पहिलो खेलमा अस्ट्रेलियाको स्थानीय टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा टोली बंगलादेश एसँग ३२ रनले र मेलबर्न स्टार्स एकाडेमीसँग ३१ रनले हारेको थियो। चार खेलबाट २ अंक बनाएको नेपाल अंक तालिकामा पुछारबाट तेस्रो स्थानमा छ।

जारी सिरिजमा नेपालले अन्तिम खेल अगस्ट २२ तारिखमा पाकिस्तान शाहिन्सविरुद्ध खेल्नेछ।

सिरिजमा ११ टोली सहभागी छन्। सिरिजमा सहभागी अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान 'ए', बंगलादेश 'ए' र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन्।

अन्यमा अस्ट्रेलियाका बिगबास लिग (बीबीएल) को होबार्ट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर, मेलबर्न स्टार तथा मेलबर्न रेनेगड्सका एकेडेमीलगायत छन्। 

नेपालले यो खेल आगामी अक्टोबरमा हुने आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीस्वरूप खेलिरहेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad