टी-२० विश्वकप एसिया छनोट तयारीअन्तर्गत अस्ट्रेलियामा जारी टप एन्ड टी-२० क्रिकेट सिरिजमा आज (साउन ३१) नेपाल दोस्रो खेल खेल्दै छ।
अस्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्ड टुमा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुने खेलमा नेपाली क्रिकेट टिम बंगलादेश ए टोलीसँग भिड्ने भएको हो।
यसअघि शुक्रबार भएको आफ्नो पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित नेपाल आज जितको खोजीमा हुनेछ।
उता आफ्नो पहिलो खेलमा पाकिस्तान शाहिन्ससँग ७९ रनले पराजित बंगलादेश पनि आजको खेल जित्न चाहन्छ।
सिरिजमा सहभागी हरेक टोलीले लिग चरणमा ६ खेल खेल्नेछन्।
846
Shares

प्रतिक्रिया