कारोबार


एआईटीएमले गर्‍यो ग्रेजुएसन समारोह, स्नातक विद्यार्थीलाई सम्मान

एआईटीएमले गर्‍यो ग्रेजुएसन समारोह, स्नातक विद्यार्थीलाई सम्मान

नेपालखबर
साउन ३०, २०८२ शुक्रबार १७:४५, काठमाडौँ

एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट (एआइटीएम) ले ग्राजुएसन समारोह रेडिसन होटलमा आयोजना गरेको छ।

यसमा ब्याचलर इन इन्टरनेशनल होटल एन्ड टुरिज्म म्यानेजमेन्ट (आईएमआई, स्विट्जरल्याण्ड) र इन्टरनेशनल एमबीए (बर्मिङ्घम सिटी युनिभर्सिटी, बेलायत) कार्यक्रमका स्नातकहरूलाई सम्मान गरिएको कलेजले जनाएको छ।

कार्यक्रममा एआइटीएम कलेजको शैक्षिक यात्रा, नवीनतम कार्यक्रम र अन्तर्राष्ट्रिय साझेदारीहरूलाई प्रस्तुत गर्ने उद्देश्यले छोटो वृत्तचित्र प्रदर्शन गरिएको थियो। कार्यक्रममा स्नातक समारोहका अध्यक्ष तथा प्रख्यात पर्यटन मानवशास्त्री प्रा. डा. रमेशराज कुँवरले स्नातक सम्बोधन गरेका थिए। उनले  निरन्तर अध्ययन, पेशागत आचारसंहिता र जीवनभरको सिकाइको महत्त्वमा प्रकाश पारेका थिए।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युतप्रसाद वाग्ले र ललितपुर महानगरपालिकाका मेयर तथा समारोहका प्रमुख अतिथि चिरिबाबु महर्जनले स्नातकहरूलाई बधाई दिँदै नेपालको सामाजिक–आर्थिक विकासमा योगदान दिन प्रेरित गरेका थिए।

समारोहमा दुई प्रतिष्ठित व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो। यसअनुसार नेपालको शिक्षा क्षेत्रमा उल्लेखनीय योगदानका लागि एआइटीएम कलेजका संस्थापक अध्यक्ष प्रा. डा. श्रीराम भगुत माथे र आतिथ्य उद्योगको स्तर उचाल्न नेतृत्वका लागि नेपाल होटल एसोसिएसनका अध्यक्ष बिनायक शाहलाई सम्मान गरिएको थियो। 

सम्मानित दुवै जनाले नवस्नातकहरूलाई नवप्रवर्तन, दिगोपन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमताको महत्त्वबारे प्रेरणादायी मन्तव्य दिएका थिए। समारोहमा स्नातक प्रमाणपत्र वितरण हुनुका साथै उत्कृष्ट विद्यार्थीहरू रेजिना तिमल्सिना, थिन्ले डोल्मा, अस्मिता गुरुङ , सुम्निमा श्रेष्ठलाई पुरस्कार दिइएको थियो। 

स्व. मोहन गोपाल खेतानको स्मृतिमाका ठमाण्डौं विश्वविद्यालयका सिनेट सदस्य राजेन्द्रकुमार खेतानद्वारा स्थापना गरिएको गोल्ड मेडल पुरस्कार पनि कार्यक्रमकै दौडान निदेश मास्के र बिबेक तामाङलाई प्रदान गरिएको कलेजले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad