नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जु नेपाल कलेज अफ म्यानेजमेन्टको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्।
कलेजले मंगलबार उनलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो। सो कार्यक्रममा कलेजका प्रमुख विनोद दवाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईलगायको उपस्थिति थियो।
उनलाई नगद र मायाको चिनोसहित सम्मान पनि गरेको हो। सो नगद रकम भने खुलाइएको छैन।
एएफसी एसियन कप छनोअन्तर्गत लाओसविरुद्धको खेलमा उनले डेब्यू गरेका थिए।
18
Shares

प्रतिक्रिया