खेल


हेमन्त धामी १० लाखमा सुदूरपश्चिममा अनुबन्ध

हेमन्त धामी १० लाखमा सुदूरपश्चिममा अनुबन्ध

नेपालखबर
साउन २४, २०८२ शनिबार १६:३६, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको अक्सनमा हेमन्त धामी गोलाप्रथाबाट सुदूरपश्चिम रोयल्समा पुगेका छन्। हेमन्त १० लाख रुपैयाँमा बिक्री भएका हुन्। 

क्याटोगोरी बी का हेमन्तको न्यूनतम रकम ५ लाख रुपैयाँ थियो। हेमन्तमाथि पोखरा, लुम्बिनी, सुदुरपश्चिम र जनपुरले बोली लगाएका थिए। 
गोलाप्रथाबाट छनोट हुने हेमन्त दोस्रो खेलाडी हुन्। यसअघि देव खनाल गोलाप्रथाबाट चितवन पुगेका थिए।

उनी नेपाल अन्डर -१९ समूहका कप्तानसमेत हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad