खेल


यू-२० महिला एसियन कप छनोट : नेपाल र भुटान भिड्दै

यू-२० महिला एसियन कप छनोट : नेपाल र भुटान भिड्दै

नेपालखबर
साउन २१, २०८२ बुधबार १२:४२, काठमाडौँ

एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत नेपाली युवा टोलीले भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। भुटानको थिम्पुस्थित चाङलिमिथाङ रगंशालामा आज साँझ पौने ६ बजे खेल सुरु हुनेछ। 

नेपालले घरेलु टोली भुटानलाई पराजित गर्दै छनोटमा सुखद सुरुवात गर्न चाहान्छ। यसअघि बंगलादेशमा भएको साफ यू-२० च्याम्पियनसिपमा भुटानलाई लगातार हराएको नेपाली टोली सोही नतिजालाई दोहोर्‍याउने योजनामा छ। 

उता घरेलु मैदानमा दर्शकको साथ पाउने भुटान नेपाललाई हराउन आतुर छ। भुटान भने आजको खेलमा बंगलादेशमा भोगेको हारको बदला लिन चाहान्छ। 

एसियन कप छनोटमा नेपाल रहेको समूहमा आयोजक भुटानसहित उत्तर कोरिया र साउदी अरब रहेका छन्। यो समूहमा रहेको मंगोलियाले भने नाम फिर्ता लिएको छ। 

छनोटको दोस्रो खेलमा नेपालले २३ गते शुक्रबार साउदी अरेबियासँग र र अन्तिम खेलमा २५ गते आइतबार कोरियासँग खेल्ने तालिका छ। 

छनोटका सबै खेलहरू थिम्पुस्थित चाङलिमिथान स्टेडियममा हुनेछ। छनोटको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यू-२० महिला एसियन कपमा स्थान बनाउनेछ। 

छनोटमा सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। ८ समूहका विजेता टोली, उत्कृष्ट ३ उपविजेता टोलीले एसियन कपमा स्थान बनाउनेछन्।

नेपाली टोली
गोलरक्षकः लीला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ 
डिफेन्डरः सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू पान्धक, सिम्रन राई, सन्जिता स्याङ्तान, गंगा रोकाया, अनिशा राई र सीता रोकाया 
मिडफिल्डरः कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी (कप्तान), सेनु परियार
फरवार्डः कुसुम खतिवडा, सुक्रिया मिया, मनीषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad