नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको तयारी गरिरहेको काठमाण्डु गुर्खाजले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। त्यस्तै नाम पनि परिवर्तन गरेकाे छ।
काठमाण्डु गोर्खाजले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै नयाँ लोगो सार्वजनिक गरेको हो। काठमाण्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र सिइओ सुरजसिंह ठकुरीले उक्त लोगो सार्वजनिक गरेका हुन्।
लोगोमा काठमाडौँको संस्कृत प्रतिनिधित्व गर्ने गरी समेटिएको छ। काठमाण्डु गुर्खाजको नामबाट पहिलो संस्करण खेलेको फ्रेन्चाइज टोली अब काठमाडौं गोर्खाज हुने भएको छ।
काठमान्डु गोर्खाजले बागमती प्रदेशका चार जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र नुवाकोटाको सेरोफेरोमा रहेर क्रिकेट गतिविधि पनि गर्ने उल्लेख गरेको छ।
147
Shares

प्रतिक्रिया