काठमाडौँको गोकर्ण नगरपालिका–४ नामोल कोलमतिमार्ग स्थित भित्री सडक खण्डमा ब्याक गर्न लागेको ट्रकले कुल्चिँदा साढे २ वर्षीया बालिकाको ज्यान गएको छ।
नाम्गेल बसपार्कबाट भित्री शाखा सडकतर्फ गई ब्याक गर्दै गरेको बा ३ ख ४३४५ मिनि ट्रकले घर अगाडि खेलिरहेकी अढाई वर्षकी फुर्बु लामा शेर्पालाई ठक्कर दिएको थियो।
दुर्घटनामा बालिकाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
चालक भक्तपुरको कमलबिनायक नगरपालिका ९ भाने चोक बस्ने वर्ष ३६ को हरि बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
1.4k
Shares

प्रतिक्रिया