फिफा क्लब विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी), चेल्सी र रियल मड्रिडले अन्तिम चारमा स्थान पक्का गरेसँगै क्लब विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको हो।
क्लब विश्वकपको सेमिफाइनलका खेलहरू मंगलबार र बुधबार हुनेछन्। मंगलबार हुने पहिलो सेमिफाइनलमा चेल्सी र फ्लुमिनेन्स भिड्नेछन्। बुधबार हुने दोस्रो सेमिफाइनलमा पिएसजी र रियल मड्रिड भिड्नेछन्। 
गएराति ९ खेलाडीमा सिमित पिएसजीले बायर्न म्युनिखलाई २-० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भयो। पिएसजीका दुई खेलाडीले सिधै रातो कार्ड खाँदै मैदान छाडेका थिए।
गएराति नै चेल्सीले पाल्मिरासलाई २-१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। पहिलो हाफमा १-० ले पछि परेको पाल्मिरासका लागि दोस्रो हाफमा एक गोल गर्दा एक गोल उपहार दियो। पाल्मिरासको आत्मघाती गोलमा नै चेल्सीले सेमिफाइनलको बाटो तय गर्यो।
रियल मड्रिडले भने बोरुसिया डर्टमुन्डलाई ३-२ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो। रियल खेलको ९६ औँ मिनेटमा १० खेलाडीमा समेटिन पुग्यो।
Shares

प्रतिक्रिया