खेल


बंगलादेशविरुद्धको टेस्ट शृंखलामा श्रीलंका विजयी

बंगलादेशविरुद्धको टेस्ट शृंखलामा श्रीलंका विजयी

नेपालखबर
असार १४, २०८२ शनिबार १४:२, काठमाडौँ

बंगलादेशविरुद्धको दुई टेस्ट खेलको शृंखलामा श्रीलंका १-० ले विजयी भएको छ। 

कोलम्बोमा खेलिएको दोस्रो टेस्टमा श्रीलंकाले बंगलादेशलाई एक इनिङ र ७८ रनले हराएको हो।

बंगलादेशले पहिलो इनिङमा २४७ रन बनाएको थियो।

श्रीलंकाले आफ्नो पहिलो इनिङमा ४५८ रन बनाएको थियो भने २११ रनको अग्रता लिएको थियो।

बंगलादेशको दोस्रो इनिङ १३३ रनमा समेटियो।

श्रीलंका र बंगलादेशबीच गालेमा खेलिएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो।

श्रीलंका र बंगलादेशबीच खेलिएको यो टेस्ट शृंखला आईसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२५-२७ को हिस्सा हो।

यो जितसँगै श्रीलंका अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ।

आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अंक तालिकामा अस्ट्रेलिया पहिलो स्थानमा छ भने इङ्ग्ल्यान्ड दोस्रो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad