प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नतिका लागि धमाधम काम भइरहेको छ। फ्लड लाइट निर्माणको जिम्मा विशन–ईश्वरी जेभीले पाएको छ। मैदनामा ६ वटा फ्लड लाइटका पोल रहनेछन्। एउटा पोलमा १६ सयदेखि २ हजार वाटका ७० देखि ८५ वटासम्म लाइट रहने गरी निर्माणको काम भइरहेको छ।
यस्तै प्यारापिट निर्माणको जिम्मा बीकेओआई निर्माण कम्पनीले पाएको छ। सहरी विकास मन्त्रालयले अन्तर्राष्ट्रिय मापदण्डको फ्लड लाइट र प्यारापिट निर्माणका लागि ठेक्का दिएको हो। १० हजार दर्शक अट्ने प्यारापिट निर्माण हुनेछ।













234
Shares

प्रतिक्रिया