राजनीति


साढे ५ बजेलाई सारियो संसद्को बैठक

साढे ५ बजेलाई सारियो संसद्को बैठक

फाइल तस्बिर


नेपालखबर
जेठ २५, २०८२ आइतबार १७:६, काठमाडौँ

प्रतिनिधिसभाको बैठक साढे ५ बजेलाई सारिएको छ। संसद् सुचारु गर्न सत्ता पक्ष र विपक्षीबीच भएको छलफल सहमतिमा पुग्न नसक्दा दिउँसो १ बजे बोलाइएको बैठक पटक-पटक सारिएको हो।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले संसद् अवरोध गर्दै आएका छन्।

संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेले आइतबार बिहान प्रमुख तीन दलका प्रमुख सचेतकसँग सिंहदरबारमा छलफल गरेका थिए। तर, त्यहाँ पनि सत्ता पक्ष र विपक्षी आफ्नै अडानमा अडिग रहेका थिए।

विपक्षी दलले जेठ १५ गते बजेट ल्याउन दिए पनि त्यसयता निरन्तर अवरोध गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad