खेल


कोपा अमेरिकाको उपाधि ब्राजिलका लागि 'फिक्स' गरिएको छ: मेस्सी

कोपा अमेरिकाको उपाधि ब्राजिलका लागि 'फिक्स' गरिएको छ: मेस्सी

एजेन्सी
असार २२, २०७६ आइतबार ४:६,

कोपा अमेरिकाको आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा रातो कार्ड पाएका लियोनल मेस्सीले प्रतियोगितामा आयोजक ब्राजिलले भष्ट्रचार गर्दै उपाधि फिक्स गरेको आरोप लगाएका छन्। 

तेस्रो स्थानका लागि भएको खेलमा मेस्सीले करिअरको दोस्रो रातो कार्ड पाएपनि अर्जेन्टिनाले चिलीलाई २-१ गोलअन्तरले पराजित गरेको थियो। 

खेलको ३४औं मिनेटमा चिलीका कप्तान गारी मिडिल आफ्नै पोस्टको नजिकैबाट बलसँगै बाहिर आएका थिए। उनलाई मेस्सीले पछ्याइरहेका थिए। तर, बल बाहिर गइसकेपछि फर्किएका मिडिल अचानक आक्रामक रुपमा मेसीलाई ठेल्न थालेका थिए। 

पाराग्वेका रेफ्रीले सुरुमा मिडिललाई अनि मेस्सीलाई रातो कार्ड दिएका थिए। भिडियो रिप्लेमा पनि मेस्सीमाथि नै मिडिल जाइलागेको देखिएको थियो।

खबरहरुका अनुसार मेस्सीले उक्त घटनापछि पुरस्कार वितरण समारोहमा पनि उपस्थित हुन अस्वीकार गरे। 

रिपोर्टरहरुसँग कुरा गर्दै उनले भने, 'हामी भष्ट्रचारको भाग हुन चाहादैनौं। प्रतियोगिताभरि नै उनीहरुले हामीलाई आदार देखाएनन्। भष्ट्रचारकै कारण रेफ्रीहरुले पनि मानिसहरुलाई फुटबल इन्ज्वाय गर्न दिएनन्। मलाई लाग्छ, उपाधि ब्राजिलका लागि फिक्स गरिएको छ। भार र रेफ्रीले पनि केही गर्न सकेका छैनन्।'

चार दिनअघि सेमिफाइनलमा ब्राजिलसँग अर्जेन्टिना २-० गोलअन्तरले पराजित भएपछि मेस्सीको यो प्रतिक्रिया आएको हो। उक्त खेलमा मेस्सीले लगातार रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाएका थिए।

उक्त खेलका दुई निर्णयमा पेनाल्टी हुन सक्ने सम्भावना रहेपनि रेफ्रीले भारसँग सल्लाह नलिएको भन्दै अर्जेन्टिनीहरु आक्रामक थिए। अर्जेन्टिनाका फुटबल एशोसियसनका अध्यक्षले पनि आयोजकलाई सो सम्बन्धमा चिठ्ठी लेखेका थिए।

मेस्सीले करिअरकै दोस्रो रातो कार्ड पाएपनि टिमले खेल जितेको बारे भने, 'के भएको छ तपाईहरुले पनि देखिसक्नु भयो। दुबैजनालाई पहेलो कार्ड दिदाँ त्यो त्यही सकिन्थ्यो। तर महत्वपूर्ण कुरा के छ भने १० जनामा सीमित भएपनि हामीले खेल जित्यौं।'

खेलमा रेफ्रीले ३७ फउल भएपनि ६ वटा मात्रै पहेलो कार्ड दिएका थिए। १२औं मिनेटमा सर्जियो अगुइरोले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए भने त्यसको १० मिनेटपछि पाउलो डिबालाले दोस्रो गोल थपेका थिए। अर्टुर भिडालले दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्दै खेललाई २-१ मा टुंग्याए। 

कोपाको फाइनलमा भने आइतबार आयोजक ब्राजिल र पेरु भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad