झापाको कमल गाँउपालिकामा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा एक प्राविधिकको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार ट्रान्सफर्मर मर्मतका विद्युत् चुहिँदा कमल गाँउपालिका–३ बस्ने ५५ वर्षीय प्रेम खतिवडाको मृत्यु भएको हो भने मुगु घर भई प्राधिकरणमा कार्यरत ४९ वर्षीय हिक्मत बुढा गम्भीर घाइते भएका हुन्।
दुवै नेपाल विद्युत् प्राधिकरण दमक वितरण केन्द्रका प्राविधिक हुन्। शनिबार राति ८ बजेतिर कमल गाउँपालिका-५ स्थित कावेली करिडोर पावरहाउसको सवस्टेसनअगाडि राजमार्गको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक विद्युत् चुहिँदा दुवै घाइते भएका थिए।
त्यस क्रममा खतिवडाको भने दमकस्थित लाइफलाइन अस्पतालमा ल्याउना साथ मृत्यु भएको प्रहरी निरीक्षक एक्तेनले बताए।
घाइते बुढालाई थप उपचारका लागि भारतको सिलगुढी लगिएको छ। घटनाको विस्तृत विवरण खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया