लियोनल मेस्सीले रातो कार्ड पाएको तनावग्रस्त खेलमा चिलीलाई २-१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकामा तेस्रो बनेको छ।
मेस्सीले पहिलो गोलका लागि सर्जियो अगुइरोलाई पास उपलब्ध गराएका थिए भने पाउलो डिबालाले अर्जेन्टिनाका लागि दोस्रो गोल गरे।
तर, ३७औं मिनेटमा गारी मिडिलसँग भिडेपछि मेस्सीले रातो कार्ड पाए। मेस्सीसँगै मिडिलले पनि रातो कार्ड पाए।
अर्टिरो भिडालले चिलीका लागि दोस्रो हाफमा गोल गरेपनि त्यो जितका लागि पर्याप्त भएन्।
तर खेलको सबैभन्दा चर्चाको कुरा मेसी र मिडिललाई दिइएको रातो कार्ड नै रह्यो।
मेस्सीको करिअरको यो दोस्रो रातो कार्ड हो। बार्सिलोनाबाट कहिलैपनि रातो कार्ड नपाएका मेस्सीले आफ्नो इन्टरनशनेशनल खेलको डेब्यू खेलमा १४ वर्षअघि पहिलो रातो कार्ड पाएका थिए।
३७औं मिनेटमा बलका लागि प्रतिस्पर्धा गरिरहेका मिडिल र मेस्सी एक आपसमा भिडेका थिए। रेफ्रि आएर रातो कार्ड दिनुअघि दुबै खेलाडीहरुले एकअर्कालाई ठेलाठेल गरेका थिए।
तर, पछि भिडियो रिप्लेमा हेर्दा मेस्सीमाथि मिडिलले लगातार आक्रामण गरेको देखिएको थियो। चिलीले यस खेलमा ह्यामस्ट्रङको इञ्जुरीका कारण अलेक्स सान्चोजलाई भने गुमाएको थियो।

प्रतिक्रिया