एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोली थाइल्यान्डसँग पराजित भएको छ। छनोटअघि थाइल्यान्डसँगको मैत्रीपुर्ण खेलमा नेपाली टोली २–० ले पराजित भएको हो।
पहिलो हाफमा थाइल्यान्डलाई गोलरहित बराबरीमा रोकेको नेपालले दुवै गोल दोस्रो हाफमा खान पुग्यो। थाइल्यान्डसँगको अभ्यास खेलमा नेपाल १–० ले पराजित भएको थियो।
नेपाली टोली भोलि मंगलबार स्वदेश फर्कनेछ। थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली स्वदेश फर्किएर एसियन कपको तयारीमा जुट्नेछ। एसियन छनोटमा नेपाल लाओस, श्रीलंका र उज्वेकिस्तान रहेको समूह एफ मा छ।
छनोटको पहिलो खेलमा नेपालले २९ जुनमा लाओसविरुद्ध खेल्नेछ। जुलाइ २ मा श्रीलंकासँग र जुलाइ ५ मा उज्वेकिस्तानविरुद्ध खेल्ने तालिका छ।
1.1k
Shares

प्रतिक्रिया