डिफेन्डर मनमाया दमाइले राष्ट्रिय महिला फुटबल टोलीमा डेब्यु गरेकी छन्। थाइल्यान्डसँगको मैत्रीपुर्ण खेलमा मनमायाले इन्ज्युरी समयको दोस्रो मिनेटमा मैदान छिर्दै सिनियर टोलीमा डेब्यु गरेकी हुन्।
मनमायाले डिफेन्डर विमला विकको स्थान लिँदै मैदान छिरेकी हुन्। उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेकी मनमाया घरेलु मैदानमा विभागीय टोली एपीएफ क्लबमा आबद्ध छिन्। एपीएफमा आउनुअघि मनमाया वालिङ नगरपालिकाबाट खेल्ने गर्थिन्।
यसअघि घरेलु मैदानमा भएको फोर नेसन्स कपमा अन्तिम २३ मा स्थान बनाए पनि डेब्यु गर्न पाएकी थिइनन्।
204
Shares

प्रतिक्रिया