खेल


क्रिकेट विश्वकप: सेमिफाइनलमा अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्ने

क्रिकेट विश्वकप: सेमिफाइनलमा अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्ने

एजेन्सी
असार २२, २०७६ आइतबार २:३८,

क्रिकेट विश्वकप २०१९ को सेमिफाइनलमा अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्ने भएका छन्। 

शनिबार राति लिग चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग पराजित हुँदै अंक तालिकाको दोस्रोमा रहेपछि अष्ट्रेलियालले तेस्रो स्थानको इंग्ल्याण्डसँगको भेट पक्का गरेको हो। 

यस्तै अर्को सेमिफाइनलमा भारत र न्यूजिल्याण्ड भिड्नेछन्। शनिबार राति नै भएको लिग चरणको अन्तिम खेलमा भारतले श्रीलंकालाई पराजित गर्दै समूहको शीर्षमा रहेर चौथो स्थानको न्यूजिल्याण्डसँगको भेट पक्का गरेको हो। 

पहिलो सेमिफाइनलमा मंगलबार भारत र न्यूजिल्याण्ड म्यानचेस्टरमा भिड्नेछन्। यस्तै दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र इंग्ल्याण्ड ब्रिघिहममा भिड्नेछन्। 

दुबै सेमिफाइनलका विजेताहरु उपाधिका लागि आगामी आइतबार लर्डसमा भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad