बंगलादेश क्रिरा सिख्रा प्रोतिष्ठान (बीकेएसपी) जुडो च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली ढाका प्रस्थान गरेको छ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे।
आइतबार र सोमबार हुने प्रतियोगितामा ७ पुरुष र ५ महिला गरी १२ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।
पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङ, ५० केजीमुनि सभर पौडेल, ५५ केजीमुनि बुद्ध गुरुङ, ६० केजीमुनि सविनकुमार दियाली, ६६ केजीमुनि विशेष विक, ७३ केजीमुनि प्रयास तामाङ र ७३ केजीमाथि विज्ञान तिखत्री रहेका छन्।
त्यस्तै महिला ४४ केजीमुनि समिता नेपाली, ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली, ५७ केजीमुनि पेमा याङजी शेर्पा र ६३ केजीमुनि रेखा श्रेष्ठ छन्।
सहभागी १२ खेलाडीमध्ये समिता, निशा, विनिता, पेमा र सविन बन्दी सहायता नियोग (पाम) का हुन्।
प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ रहेका छन्। राधाले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्ने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जनाएका छन्।
Shares

प्रतिक्रिया