खेल


लमजुङमा स्थापना गरियो ‘साम्बा चोक’

सावित्री भण्डारीको स्तम्भ पनि निर्माण
लमजुङमा स्थापना गरियो ‘साम्बा चोक’

नेपालखबर
जेठ ५, २०८२ सोमबार १२:३२, काठमाडौँ

नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लवकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी(साम्बा)को सम्मानार्थ लमजुङमा साम्बाचोक नामाकरण गरिएको छ। 

उक्त चोकमा साम्बा स्तम्भसमेत निर्माण गरिएको सशस्त्र प्रहरी वलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। 

लमजुङको मर्स्याङ्दी  गाउँपालिका-९ स्थित खुदिबजार चोकमा निर्माण गरिएको साम्बा स्तम्भको सोही गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ्गले जेठ ५ गते उद्घाटन गरेका छन्। 

साम्बा पछिल्लो समय स्वदेशमा मात्र नभई विदेशमा समेत चिर्चित फुटबल खेलाडी बन्न पुगेकी छिन्। हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लव एना भान गेङगाङ्पमा आवद्ध छिन्। 
    
उद्घाटन कार्यक्रममा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, मर्स्याङ्दी गाउँपालिका–९ का वध्यक्ष हरिस चन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपतिसहित स्थानीय जनप्रतिनिधि र संचारकर्मीसमेत उपस्थित थिए। 

साथै कार्यक्रममा साम्बाका बुवाआमालाईसमेत सम्मान गरिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad