बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिखले होफेनहाइममाथि जित निकाल्दै जारी सिजनको अन्त्य गरेको छ।
शनिबार राति भएको भएको म्युनिखले होफेनहाइममाथि ४–० को जित निकाल्दै सिजनको अन्त्य गर्दा थोमस मुलरले क्लबका लागि अन्तिम खेल खेले।
३५ वर्षी मुलरलले बायर्न म्युनिखबाट १४ बुन्डेस लिगा र दुई च्याम्पियन्स लिगको उपाधि जितेका छन्।
यो समरमा क्लबसँग सम्झौता सकिएपछि उनले महत्वपूर्ण करियर बिताएको क्लब छाड्नेछन्।
मुलरले ५ सय ३ औँ बुन्डेस लिगा खेल खेले।
च्याम्पियन बायर्नले निकटतम प्रतिद्धन्दी बायर लिभरकुसेनभन्दा १३ अंकले अघि रहँदै लिग सकेको हो।
108
Shares

प्रतिक्रिया