खेल


ग्लोबल छनोटमा पुग्न नेपाललाई हङकङको भर

ग्लोबल छनोटमा पुग्न नेपाललाई हङकङको भर

नेपालखबर
जेठ १, २०८२ बिहिबार १५:५३, काठमाडौँ

बहराइनमाथि रोमाञ्चक जित निकाल्दै नेपाली राष्ट्रिय महिला टोलीले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर थ्री मा पुग्ने आशा जिवित राखेको छ। 

बिहीबार भएको खेलमा डिएल मेथडमा बहराइनलाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर थ्री मा पुग्ने आशा कायम राखेको हो। 

नेपाली टोली अब शीर्ष तीनमा पुग्न बहराइन र हङकङबीचको खेलको नतिजा पर्खनु पर्नेछ। सो खेलमा बहराइनले हङकङलाई पराजित गरे नेपाल सुपर थ्रीमा पुग्नेछ। सो खेलमा हङकङले जित निकाले नेपाल दोस्रो स्थानमा रहँदै समुह चरणबाट नै बाहिरिनेछ। 

बहराइनमाथिको जितसँगै नेपाल समुह सी को शीर्ष स्थानमा उक्लिएको छ। नेपालले समूह चरणको चार खेलमा ५ अंक जोडेको छ। चार अंक भएको हङकङ दोस्रो स्थानमा झरेको छ। लगातार दुई खेलमा हार भोगेको बहराइन १ अंकमा पुछारमा छ। नेपालसँगको हारले बहराइनको सुपर थ्रीमा पुग्ने आशा समाप्त भएको छ। 

वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले ७ ओभरमा ५६ रनको नयाँ लक्ष्य पाएको थियो। सो लक्ष्य नेपालले ५.४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। 

नेपालका लागि कप्तान इन्दु बर्मा २४ र रुविना क्षत्री ४ रनमा अविजित रहे। एक समय लगातार विकेट गुमाउँदै हारनजिक पुगेको नेपालका लागि पाचौँ ओभरमा कप्तान इन्दु बर्माले लगातार तीन चौका प्रहार गर्दै जितको आशा जगाएकी थिइन्। 

जित्नै पर्ने दबाबमा रहेको खेलमा नेपालले दोस्रो ओभरमा लगातार तीन विकेट गुमाएपछि नेपाली टोली दबाबमा आएको थियो। पहिलो ओभरको पाँचौँ बलमा सम्झना खड्का ५ रन बनाउँदा रन आउट भईन्। दोस्रो ओभरको दोस्रो बलमा रुबी पोदार १ रनमा नै एलबीडब्लु धरापमा परिन्। पाचौँ बलमा कविता जोशी शून्य रनमा नै बोल्ड आउट भइन्। 

चौथो ओभरको पाचौँ बलमा पूजा महतो ११ बलमा १३ रन बनाउँदा एलबीडब्लू धरापमा परिन्। नेपालका लागि पवित्रा सेट्टी घातक बनिन्। उनले ३ विकेट लिँदै नेपाललाई दबाबमा राखिन्। 

त्यसअघि बैककको ट्रेडथाइ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बहराइनले १२.४ ओभरमा ३ विकेटको क्षतिमा ७६ रन बनाउँदा पानी परेपछि खेल प्रभावित भएको थियो। पानीले खेल प्रभावित भएपछि डिएल मेथडका आधारमा नेपालले ५६ रनको लक्ष्य पाएको थियो।   
जेनिब फजिल ४ र अविरा वारिस १ रनमा नटआउट रहे। 

रसिका रोड्रिगो २४ रन बनाउँदा रन आउट भइन्। कप्तान दिपीका रसनगिका २३ रन बनाउँदा रन आउट नै भइन्। ओपनर थाराङगा गजनायके १२ रन बनाउँदा रन आउट नै हुन पुगिन्। 

पहिलो खेलमा बहराइनलाई ९ विकेटले हराएको थियो।  हङकङसँग पहिलो खेल वर्षाले प्रभावित भएर दुवै टोलीले अंक बाँडेका थिए। दोस्रो खेलमा भने नेपाल हङकङसँग ७ विकेटले पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा हङकङ र बहराइन भिड्नेछन्।

छनोटमा नेपाल रहेको समूह ‘सी’मा बहराइन र हङकङ छन्। समूह ‘ए’ मा आयोजक थाइल्यान्डसँगै भुटान र कुबेत तथा समूह ‘बी’ मा युएई, कतार र मलेसिया छन्। 

डबल राउण्ड रोविनमा समूह चरणका खेल हुनेछ। समूहका शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउनेछन्।  सुपर थ्रीको शीर्ष २ मा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad