राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मूलपानी क्रिकेट एकेडेमी तथा रंगशालासहित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाको वार्षिक प्रगति शून्य रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ।
कार्यालयले तयार गरेको ६२औँ वार्षिक प्रतिवेदनमा राष्ट्रिय गौरवका आयोजनामा समावेश गरिएका मुख्य तीन क्रिकेट रगंशालाको प्रगति शून्य देखिएको उल्लेख गरिएको छ।
यी तीन क्रिकेट मैदान २०८०/८१ मा निर्माण सुरु हुने मिति थियो। तर हालसम्म गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला २०८५–८६ मा सम्पन्न हुने मिति राखिएको छ।
अन्य क्रिकेट रंगशाला कहिले सम्पन्न हुन्छन् भन्ने मिति अहिलेसम्म खुलाइएको छैन।
प्रतिवेदनअनुसार यी तीन क्रिकेट रंगशालामा कुल लागत अनुमान, यो वर्ष (२०८०/०८१) को खर्च, हालसम्मको खर्चसहित भौतिक प्रगति प्रतिशत केही खुलेको छैन।
Shares

प्रतिक्रिया