कारोबार


साढे १७ खर्बको बजेटमा साढे २ खर्ब रकमान्तर

साढे १७ खर्बको बजेटमा साढे २ खर्ब रकमान्तर

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १६:४८, काठमाडौँ

गत आर्थिक वर्षको १७ खर्ब ५१ अर्ब ३१ करोड बजेटमा २ खर्ब ५६ अर्ब ४१ करोड रकमान्तर गरेको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ प्रतिवेदनले बजेट अनुशासन नभएको सरकारले १४.६४ प्रतिशत रकमान्तर गरेको उल्लेख गरेको हो। 

सोमध्ये २०८१ को असार महिनामा २६ अर्ब ९० करोड ३४ लाख र असार अन्तिम हप्तामा १५ अर्ब ९८ करोड ३० लाख रकमान्तर गरी विभिन्न शीर्षक उपशीर्षकमा रकम थपघट गरेको महालेखाले औंलाएको छ। 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था रहे पनि पहिलो त्रैमासिक अवधिमा  ११ अर्ब ६४ करोड ७ लाख  कुल रकमान्तरको ४.५४ प्रतिशत रकमान्तर गरेको हो। 

सुरु बजेटमा व्यवस्था नभएका २३ कार्यक्रममा रकमान्तरबाट थप गरी ११ अर्ब ७५ करोड ९८ लाख बजेट कायम गरेको छ। 

त्यसैगरी यस वर्षको बजेट वक्तव्यमा राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेट अन्य राष्ट्रिय गौरवका आयोजनाबाहेक अन्यत्र रकमान्तर गर्न नपाइने उल्लेख भएकोमा ८ राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेटबाट ५ अर्ब २८ करोड ५० लाख राष्ट्रिय गौरवबाहेकका अन्य आयोजनाहरूमा रकमान्तर गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad