खेल


दुबई बुदोकान कपमा नेपाललाई छ स्वर्णसहित आठ पदक

दुबई बुदोकान कपमा नेपाललाई छ स्वर्णसहित आठ पदक

नेपालखबर
बैशाख १५, २०८२ सोमबार २०:१८, काठमाडौँ

नेपाली खेलाडीले दुबई बुदोकान कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा छ स्वर्ण र दुई रजतसहित आठ पदक जितेका छन्।

नेपाल सितोरियो कराते सङ्घका सचिवसमेत रहेका प्रशिक्षक प्रेमलाल बमजनका अनुसार अन्जन तामाङ, लक्ष्मण बराल, उषाकुमारी थापा दास, सुशान्त तामाङ, देवराज श्रेष्ठ र विशाल केसीले स्वर्ण जिते। अप्रिल २६ र २७ तारिखसम्म भएको प्रतियोगितामा स्मिका विक र सावन लामाले रजत हात पारे। प्रतियोगितामा बूढानीलकण्ठ डोजोका खेलाडीले सहभागिता जनाएका हुन्।

सो टोलीको व्यवस्थापकमा बूढानीलकण्ठ नगरपालिका वडा ३ का अध्यक्ष आकाश धिमाल र नेपाल कराते महासङ्घका सदस्य दिलिपराज भण्डारी, अर्का प्रशिक्षकमा अविनाश चौधरी तथा निर्णायकमा शान्ति तामाङ रहेका छन्। 

टोली मङ्गलबार स्वदेश फर्किंदैछ। प्रतियोगितामा नेपालसहित भारत, युएइ, काजाकिस्तान, उज्वेकिस्तान, श्रीलङ्का, फिलिपिन्स र बङ्गलादेशको सहभागिता रहेको प्रशिक्षक बमजनले जानकारी दिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad