समाज


ठूलो परिमाणमा लागुऔषधसहित २ जना पक्राउ

ठूलो परिमाणमा लागुऔषधसहित २ जना पक्राउ

नेपालखबर
बैशाख १५, २०८२ सोमबार २०:३८, काठमाडौँ

जिल्ला प्रहरी परिसर, काठमाडौँले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुईजनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा भोजपुरको पौवादुङमा गाउँपालिका ४ घर भई हाल काठमाडौँ महानगरपालिका ६ सिमलटारमा डेरा गरी बस्ने वर्ष ३५ को जीवन प्रधान र सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ३ का अकुंश तामाङ रहेका छन्।

आफ्नै कोठामा लागुऔषध बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूको कोठा खानतलासी गर्ने क्रममा विभिन्न लागुऔक्षध फेला परेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपील राज बोहराले जानकारी दिए।

प्रहरीका अनुसार उनीहरूबाट १डाइजेपाम ३१४ एम्पुल, फेनरागन ३०८ एम्पुल, नुर्फिन ३१० एम्पुल, आईफोन मोबाइल थान १, सामसुङ मोबाइल थान
१ तथा नगद रु ५९ हजार ७५०रुपैयाँ बरामद भएको छ।

पक्राउ परेकालाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad